ब्राउनसुगरसहित झापामा एकजना पक्राउ

झापा प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । 

शरीरको विभिन्न भागमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा १२ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको प्रहरी प्रमुख सानुराम भट्टराईले जनाए । 

पक्राउ पर्नेमा झापा गाउँपालिकाको शरणामति बस्ने ३० वर्षीय मिलन राजवंशी रहेको प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा विर्तामोड नगरपालिकाको भद्रपुर सडकबाट उनलाई पक्राउ गरिएको प्रहरी भनाइ छ । राजवंशीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १६:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया