राजसंस्था सहितको प्रजातन्त्रका पक्षमा राप्रपाको पाँचथरमा प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको प्रजातन्त्र आवश्यक भएको भन्दै पाँचथरमा प्रदर्शन गरेको छ । 

‘समयको माग र जनताको आकांक्षा पूरा गर्न राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक देखिएको छ । बहुसंख्यक नेपाली जनता विशेष गरेर युवा पुस्ताको माग पनि यही छ,’ राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले भने ।

राप्रपा पाँचथरको आयोजनामा आइतबार भएको प्रदर्शनमा राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।
‘राजसंस्था र हिन्दुराष्ट्रको नारा लिएर राप्रपा जनतामाझ जानेछ, यही नै हाम्रो चुनावी मुद्दा हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले कोणसभालाई सम्बोधन गर्दै भने ।

तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिन, देशलाई विकासको पथमा अघि बढाउन आधारभूत सुधार अपरिहार्य भएको छ, केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले भने । 

प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाईले राजसंस्था हटेपछि देशमा दुरदिन सुरु भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।

राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले जनताको चाहना र देशको आवश्यकता बमोजिम राप्रपा विकल्पको रुपमा स्थापित हुने बताए ।



जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगति नहुने बताए ।



  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १९:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया