ताप्लेजुङ पुगेर योगेशले भने : फागुनमा प्रतिनिधिसभा पुन:स्थापना हुन्छ
पाथीभरालाई सोधेर ओलीको प्रतिगामी कमदविरुद्ध लागेँ

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले आगामी फागुनसम्ममा प्रतिनिधिसभा पुन:स्थापना हुने बताएका छन्। गृहजिल्ला ताप्लेजुङमा दाहाल-नेपाल समूहले मंगलबार गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। 

उनले प्रधानमन्त्री केपी ओलीको क्याबिनेट मन्त्री भए पनि उनले चालेको संसद विघटनको कदमलाई आफ्नो विवेकले साथ नदिएको बताए। 'ताप्लेजुङमा गएर केपी ओलीले जिताए तर तैँले धोका दिइस् भन्छन् मलाई फेसबुकमा', उनले भने, 'तर ताप्लेजुङमा २०४८ सालदेखि लगातार नेकपाले जित्दै आएको छ। उहाँले मलाई पार्टी अध्यक्षका रुपमा जिताउन आएकोमा धन्यवाद दिएको छु। तर संविधानमाथिको हस्तक्षेप म स्वीकार्न सक्दिनँ।'

योगेशले पाथीभरा मातालाई साक्षी राखेर, सोधेर, विचार गरेर आफूले ओलीको कदमलाई प्रतिगमागी ठहर गरेको बताए। 'पाथीभारा साक्षी राखेर भन्दा केपी ओलीको कदम गलत लाग्यो। ताप्लेजुङ र पाथीभरालाई सम्झेँ, कञ्चनजंघा र कुम्भकर्णलाई सम्झिएँ। उनीहरुसँग आदेश मागेँ, मैले के गरौँ?', उनले भने, 'पाथीभरा माता, तमोर र काबेलीसहित यहाँका सबै प्रकृतिले तैँले विवेक नगुमाई, सत्यको पक्षमा उभिइ, प्रधानमन्त्रीको कदम ठीक छैन विरोध गर भनेर आदेश दिएपछि म आन्दोलनमा होमिएको छु।

अल्पमतका नाममा कसैले पनि गलत कदम चाल्न नहुने उनले बताए। 'अल्पमत भयो भने संसद भत्काउने, प्रदेश सरकार भत्काउने, गाउँपालिका नगरपालिका भत्काउने?', उनले सोधे, 'अहिले जे भएको छ, विलकुल गलत भएको छ। प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध कांग्रेससहित सबै दल एकै ठाउँ आउनुपर्छ।'
 
 





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया