युवतीलाई अपहरण गरी ४ वर्षसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ

युवतीलाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) पक्राउ परेका हुन् ।

४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात् विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

जाहेरीपछि खोजी गर्दा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तीनकुनेबाट विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीके प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया