तरुण दलका कार्यकर्ताको खुँडा प्रहार गरी हत्या

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । कांग्रेस निकट युवा संगठन तरुण दलका कार्यकर्ता समेत रहेका अमृत सिंहको मंगलबार राति हत्या गरिएको हो ।

बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए। 

सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

 ‘खुँडा प्रहार गरी हत्या भएको देखिएको छ । घटनास्थलमा खुँडा समेत फेला परेको छ’ बझाङ प्रहरी प्रमुख खड्काले भने ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’


सिंहमाथि खुँडा प्रहार गर्ने मध्येका एक सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का प्रकाश एैडी भने फरार रहेका र उनको खोजी भइरहेको बझाङ प्रहरी प्रमुख खड्काले जानकारी दिएका छन्।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल चुनावी मैदानमा थिए । कांग्रेस निकट लोकेन्द्र बोहरा निर्वाचित भएका थिए । बोहरासँग नेकपा निकट गजेन्द्र धामी पराजित भएका थिए ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार ८:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया