अमेरिकाले भन्यो : भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नजानू

अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। जो बाइडनले कार्यभार सम्हालेपछि अमेरिकाले उसँग निकट सम्बन्ध रहेको भारतसहित चार देशमा यात्रा नगर्न आफ्ना नागरिकलाई सचेत गराएको हो। 

अमेरिकी प्रशासनले आतंकवादी आक्रमण र साम्प्रदायिक हिंसा हुन सक्ने भन्दै आफ्ना नागरिकलाई भारत, पाकिस्तान, अफगानिस्तान र बङ्गलादेशको यात्रा नगर्न आग्रह गरेको हो।

जो बाइडन प्रशासनले यी देशहरुमा आतंकवाद र साम्प्रदायिक हिंसा फैलिने अवस्था रहेकाले त्यहाँको यात्रामा ननिस्कन आफ्ना नागरिकहरुलाई सचेत गराएको हो ।

अमेरिकी राष्ट्रपतिको सम्भावित कदमबारे विश्वभर चासो बढिरहेका बेला निकट सम्बन्ध रहेको भारतमा समेत नजान भन्दै उनले आफ्ना नागरिकहरुलाई सचेत गराएका हुन्।

अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडनले २० जनवरीमा सपथ लिएसँगै नेपालमा पनि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राजनितिक भेटघाट तीव्र पारेका छन्।

राष्ट्रपति, प्रधानमन्त्री, काङ्ग्रेस सभापति र नेकपाकै अर्का अध्यक्ष प्रचण्डलाई पनि उनले भेटका छन्। पछिल्लो पटक अमेरिकी राजदूतले नेकपाका अर्का प्रभावशाली नेता माधव नेपाललाई पनि भेटेका छन्।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १५:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया