डोटीमा लुकाएर राखेको १ किलो १ सय ग्राम सुन र साढे १७ लाख नगद बरामद

सुदूरपश्चिम प्रदेशको डोटीमा प्रहरीले एक किलोभन्दा बढी सुन र साढे १७ लाख नगद बरामद गरेको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भिताणीमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगर बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले नगद बोकेर तराई जाने क्रममा वृद्ध महिला काली भुललाई पक्राउ गरिएको बताए ।

उनका अनुसार सोधपुछका क्रममा घरमा ठूलो परिणाममा सुन रहेको खुलेपछि घरबाट ११ सय ग्राम सुन बरामद गरिएको हो । भुललाई पनि पक्राउ गरिएको जोशीले बताए ।

प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले भदौमा ठूलो परिणाममा सुन पठाएका थिए । तर, सुन पठाउने व्यक्ति गाउँमा छैनन् । सुन अन्य व्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशंका गरिएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १६:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया