वामदेवको संयोजकत्वमा ६५१ सदस्यीय 'नेकपा राष्ट्रिय एकता अभियान' घोषणा

नेकपा विभाजनपछि कुनै पनि पक्षमा नलागेका वामदेव गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् । 

बुधबार ललितपुरको सिद्धार्थ कटेजमा सम्पन्न भेलाले गौतमको संयोजकत्वमा ६५१ सदस्यीय अभियान घोषणा गरेको हो । 

गौतमको अभियानलाई पूर्वमन्त्री हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जन, डिबी कार्कीलगायतले साथ दिएका छन् । 

आजैको भेलाले १७५ सदस्यीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । नेकपाका दुवै समूहलाई पुनः एकता प्रक्रियामा सामेल गराउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने गौतमले बताएका छन् ।

सर्वोच्च अदालतमा संसद् विघटनबारेको मुद्दा विचाराधीन भएकाले नेताहरु यो अभियान जोडिन नचाहेको उल्लेख गर्दै गौतमले सो मुद्दाको फैसलापछि ओली र प्रचण्ड समूहका नेताहरु पनि आफ्नो अभियानमा सामेल हुने दाबी गरेका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १८:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया