राँगोले हान्दा वृद्धको ज्यान गयो, घाँस दिन गएका थिए
फाइल फोटो

सुदूर पश्चिमको कञ्चनपुरमा राँगोको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको प्ररहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार चौधरी बुधबार राति राँगोलाई घाँस दिन गएका थिए । 

घाँस दिन गएका उनलाई राँगोले हानेको थियो । राँगाले हान्दा गम्भीर घाइते भएको चौधरीको केही क्षणमै मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार ७:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया