एक महिनाभित्र प्रतिनिधिसभा पुनर्स्थापना हुने योगेशको दाबी

पूर्वपर्यटनमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले एक महिनाभित्र प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने दाबी गरेका छन् । 

इलामको सदरमुकाममा प्रचण्ड–माधव नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने बताए । 

छलफलमा उनले प्रधानमन्त्री ओलीले गल्ती स्विकारेमा एकता सम्भव रहेको जिकिर गरेका छन् । जनताको बहुदलीय जनमत ‘जबज’को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै उनले कानुन मान्दा, लोकतान्त्रिक व्यवस्था स्विकार्दा मात्रै जबज लागू हुने बताए । 

प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको आरोप लगाउँदै उनले संसदमा पेस गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेको जानकारी गराए । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १६:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया