बाबुराम भट्टराईले दिए चुनावमा जान नहुने ३ कारण

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना नभएपनि चुनावमा जान नहुने भन्दै यसले संविधान नै धरापमा पर्नसक्ने ३ वटा कारण दिएका छन् । 

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले तत्काल चुनावमा जाँदा संविधानमाथिको खतरा रहेको औँल्याएका हुन् । आफूले हार्ने चुनाव कुनै तानाशाहले कहिल्यै गराएको इतिहास नभएको भन्दै उनले चुनाव नहुने बताए । 

फेरि पनि चुनाव भएको खण्डमा यो मध्यावधि चुनावले वर्तमान संविधानलाई २०४७ को संविधानमा परिणत गर्ने डा. भट्टराईको दावी छ । एउटा असंवैधानिक कदम मानेपछि अरू कदम पनि आउने र संविधान सकिने उनको विश्लेषण छ ।





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार ७:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया