अमेरिकी रक्षा विभागविरुद्ध अदालत पुग्यो चिनियाँ स्मार्टफोन निर्माता साओमी

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी कर्पोरेसन अमेरिकी रक्षा विभागविरुद्ध अदालत पुगेको छ । अमेरिकाको वासिङ्टन डिस्ट्रिक कोर्टमा साओमीले रक्षा विभागविरुद्ध उजुरी गरेको हो । 

कम्पनीले रक्षा विभागले चिनियाँ सेनासँग सम्बन्धित रहेको सूचीमा साओमीलाई पनि राखेको भन्दै उक्त सूचीबाट हटाउन माग गर्दै उजुरी दिएको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले साओमीसहितका ९ वटा कम्पनीलाई चिनियाँ सेनासँग सम्बन्धित रहेको सूचीमा राखेको थियो । 

उक्त सूचीमा रहेका कम्पनीबाट अमेरिकी लगानीकर्ताहरुले आफ्नो लगानी निश्चित अवधिभित्र फिर्ता लिन पनि निर्देशन भएको थियो । उक्त सूचीमा कम्पनीलाई राख्नु कानुन र संविधानअनुसार नभएको भन्दै साओमीले उजुरी दिएको हो । 

आगामी मार्च १५ देखि विभागको सूचीमा रहेका कम्पनीहरुमा अमेरिकी लगानी प्रतिबन्ध लगाउने गरी भएको उक्त निर्णयविरुद्ध साओमी अदालत पुगेको हो । उजुरीमा कम्पनीले उक्त निर्णयले आफूलाई अपूरणीय क्षती भएको दावी गरेको छ । 

साओमीले कम्पनीमा ७५ प्रतिशत मतदान अधिकार संस्थापकहरु लिन बिन र लेई जुनसँग रहेको र उनीहरुमाथि कुनैपनि तवरमा सैन्य नियन्त्रण नरहेको दावी गरेको छ । कम्पनीमा अमेरिकी नागरिकको पनि लगानी भएको र विभागको निर्णयले क्षती भएको भन्दै साओमी अदालत पुगेको हो । 





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १२:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया