ओलीबाहेक सम्पूर्ण नेपाली संसद विघटनको विरुद्धमा छन् : टीकाराम भट्टराई

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्वजगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने, तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताए । 

संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि बताए । संसारका कानुनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च आदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने बताए । 

संविधानको शपथ खाएर न्यायाधीश बनेका न्यायाधीशहरु संवैधानिक इजलासमा रहेकाले उनीहरुले आफूले खाएको शपथविपरीत हुनेगरी फैसला गर्छन् भन्ने कल्पनासमेत गर्न नसकिने भट्टराईको भनाइ छ ।





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार २०:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया