राप्रपा अध्यक्षको सुझाव : पशुपतिमा अर्बको जलारीको सट्टा विश्वविद्यालय खोल्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पशुपतिमा १ अर्ब रुपैयाँको जलारी चढाउने सरकारको निर्णयमाथि टिप्पणी गरेका छन् । लोहनीले जलारी चढाउनुको सट्टामा विश्व विद्यालय खोल्न सुझाव दिएका छन् । 

सामाजिक सञ्जालमार्फत लोहनीले बाबा पशुपतिनाथ विश्वविद्यालय खोलेर सातै प्रदेशका गरिब, जेहनदार तथा आरक्षण समूहका विद्यार्थीहरुलाई उच्च शिक्षाको व्यवस्था गर्दा पशुपतिमा जलारी चढाउने भन्दा उत्तम हुने बताए । 

लोहनी लेख्छन्, 'एक अर्ब खर्च गरेर पशुपतिनाथमा सुनको जलारी राख्ने   सरकारी लक्ष्य पढियो । मेरो सल्लाह छ : बाबा भोलेनाथप्रति भक्ति र समर्पण गर्न त्यो पैसाबाट बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्ने तरखर गर्नुस् । यो विश्वविद्यालयमा पशुपतिनाथमा भक्तजनहरुले चढाएको भेटीबाट देशको सातै प्रदेशबाट छानिएका गरिब, जेहनदार र विभिन्न जातीय समूहका विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुस् यो नै बाबा भोलेनाथप्रति सच्चा भक्ति हुनेछ ।'





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार ८:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया