\
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ माघ २८ गतेदेखि निष्कासन हुने भएको छ ।
कम्पनीले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशत ४ करोड बराबरको ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । हाल चुक्तापुँजी ६ करोड रहेको कम्पनीको आइपिओ निष्कासनपश्चात १० करोड पुग्नेछ ।
कुल सेयर कित्तामध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपिओमा छिटोमा फागुन २ र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरा सेयर सफ्टवेयर तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।