टि-१० लिग : टाइगर्स, वारियर्स र बुल्स विजयी

युएईमा जारी टि-१० लिग क्रिकेटमा गएरातिका खेलमा बेंग्ला टाइगर्स, नर्दन वारियर्स र देल्ली बुल्स विजयी भएका छन् । सोमबारको पहिलो खेलमा बेंग्ला टाइगर्सले पुणे डेभिल्सलाई ८ विकेटले पराजित गर्यो । 

पुणेले दिएको ११६ रनको लक्ष्य पछ्याएको बेंग्लाले ८औँ ओभरको अन्तिम बलमा लक्ष्य भेट्टायो । बेंग्लाका लागि टिम मोरिसले १२ बलमा ३८ रनको आक्रमक पारी खेले । पुणेबाट नेपाली खेलाडी करण केसीले १ ओभर बलिङ गरेर बिनाविकेट १७ रन दिए । 

दोस्रो खेलमा पारस खड्का र कुशल मल्ल सहभागी टिम अबुधावी नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । वारियर्सका असिम मोहम्मदले ३४ वलमा ७६ रनको विस्फोटक पारी खेले । अबुधावीबाट कुशलले अहिलेसम्म डेब्यु गर्न पाएका छैनन् ।

तेस्रो खेलमा देल्ली बुल्सले डेक्कन ग्लाडिएटर्सलाई ८ विकेटले नै पराजित गर्यो । ११८ रनको विजयी लक्ष्य पाएको बुल्सले ९औँ ओभरको पहिलो बलमै लक्ष्य भेट्टायो । 

लिगमा आजको पहिलो खेलमा सोमपाल कामीको मराठा अरेवियन्सले कलन्डर्सको सामना गर्दैछ । दोस्रोमा करणको पुणेले देल्लीसँग तथा तेस्रो खेलमा नर्दन वारियर्सले डेक्कन ग्लाडिएटर्ससँग खेल्दैछ । 





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार ७:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया