म्यानमार सैन्य 'कू' : अमेरिकाको कडा चेतावनी, युएन सुरक्षा परिषद् बैठक बस्दै

म्यानमारमा सोमबारदेखि सेनाले शासन सत्ता आफ्नो हातमा लिएर राजनीतिक नेतृत्वलाई गिरफ्तार गरेसँगै विश्वभरबाट प्रतिक्रियाहरु आएका छन् । सेनाले नेतृ आङ सान सुकीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई गिरफ्तार गरेसँगै विभिन्न राष्ट्रहरुले प्रतिक्रिया दिएका छन् । 

म्यानमारको घटनामा छलफल गर्नका लागि आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकसमेत बस्ने भएको छ । यसअघि, सोमबार नै अमेरिकाले सेनाको कदमको विरोध गर्दै सुकीको रिहाइ तथा प्रजातन्त्रको पुनर्बहालीको पक्षमा आफ्नो मत राखिसकेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सेनाले तत्काल सुकीलाई रिहा गरी प्रजातन्त्रको पुनर्बहाली गर्नुपर्ने अन्यथा अमेरिकाले आफ्नो कदम चाल्ने चेतावनी दिएका छन् । उनले यसअघि हटाइएको म्यानमारमाथिको प्रतिबन्धमा पनि पुनर्विचार गर्ने चेतावनी दिएका छन् । 

म्यानमारको घटनामा एसियाली मुलुकहरुले पनि सुकी र प्रजातन्त्रको पक्षमा मत राखेका छन् । तर, चीनको सहयोगमा म्यानमार सेनाले यस्तो कदम चालेको हुनसक्ने पश्चिमा राष्ट्र तथा अमेरिकाले शंका पनि व्यक्त गरेका छन् । 

यसअघि, गत नोभेम्बरमा भएको चुनावमा म्यानमारको सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसीले ८३ प्रतिशत नतिजासहित उत्कृष्ठ विजय पाएको थियो । तर, सेनाले उक्त चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरी सत्ता हातमा लिएको हो । 





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार ८:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया