न्यायाधीश मनोज कुमार शर्माको इजलासमा प्रचण्डविरुद्धको अवहेलना मुद्दा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ । 

प्रचण्ड विरुद्ध अधिवक्ता समीर हायुले दिएको निवेदन हिजो अदालतमा दर्ता भएको थियो । अदालतमा बहसमा रहेको मुद्दाका विषयमा सडकबाट धम्क्याएको तथा अदालत विरुद्ध अभिव्यक्ति दिएको भन्दै उनीमाथि अवहेलना दर्ता भएको हो । 

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुङ्गानामाथि परेको अवहेलना पनि न्यायाधीश शर्माकै इजलासमा सुनुवाइ भएको थियो । 

ती मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश शर्माले लिखित जवाफ आफै बुझाउन आदेश दिएका थिए । 





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १०:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया