ट्राफिकलाई सय रुपैयाँ दिएर प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

ट्राफिक प्रहरीलाई सय रुपैयाँ दिएर प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ नयाँ बसपार्कमा ड्युटीमा खटिएका प्रहरी हवल्दा खेमराज बस्नेतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का ३४ वर्षीया टिप्पर चालक केशव पुन मगर र सह–चालक १८ वर्षीय राजकुमार थारु पक्राउ परेका हुन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १७:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया