जनता समाजवादीको आन्दोलनका थप कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको जनता समाजवादी पार्टी नेपालले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । 

जसअनुसार सो पार्टीले आगामी २३ गते देशव्यापी रुपमा जनप्रदर्शन गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते मसाल जुलुस गर्ने जनाएको छ । 

जसपाका सूचना तथा सञ्चार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा आदोलनका थप कार्यक्रम गर्न पार्टीका स्थानीयस्तरका संगठनलाई आह्वान गरिएको छ ।

   





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १८:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया