बसको ठक्करबाट बाटो काट्दै गरेका युवकको मृत्यु
फाइल फोटो

झपामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विर्तामोड नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले काट्दै गरेका पैदलयात्री ३२ वर्षीय सागर मिश्रलाई ठक्कर दिएको थियो। 

बसको ठक्करबाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी अस्पताल पु¥याउँदा चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। मृतक मिश्र नगरमा मागि हिड्ने गर्थे ।

बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ७:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया