सडकमा पलेँटी कसेर बस्न पाउँदा खुसी लागेको छ : प्रचण्ड

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमले आफूलाई जनतासँग जोडिदिएको बताएका छन्। बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधनका क्रममा प्रचण्डले यसो भनेका हुन्। 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदमपछि छुट्टै समूह बनाएर आन्दोलनरत प्रचण्डले आफूलाई फेरि क्रान्ति र आन्दोलनमा जोडिदिएको बताए।

'अहिले सडकमा पलेँटी कसेर बस्न पाउँदा खुसी छु। यसले मलाई फेरि एक पटक जनतासँग, तपाईंहरुसँग जोडिदिएको छ', दाहालले सम्बोधनका क्रममा भने, 'फेरि मलाई क्रान्तिसँग, आन्दोलनसँग जोडिदिएको छ। यसलाई पनि जनतासँग जोड्न अवसरको रुपमा लिएको छु।'

आफूले हिजो जनयुद्धका क्रममा लड्दै गर्दा मर्न पनि तयार भएको उनले बताए। 'आज पनि आन्दोलनसँग जोडिएर अघि बढ्न पाउँदा खुसी छु', उनले भने, 'जनयुद्धमा पनि 
मर्न पाउँदा खुसीको कुरा हुन्थ्यो। प्रतिगमनविरुद्धको आन्दोलनले मलाई जनतासँग जोडेको छ। अबको १० वर्ष सक्रिय हुन्छु भन्ने लागेको छ। त्यो बेलासम्म देशलाई समाजवादतर्फ लैजानेछु।'





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १५:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया