बन्द गराउन हिँडेका प्रदेश सांसद १० मिनेट प्रहरी हिरासतमा

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले गरेको आमहडतालमा सहभागी हुने क्रममा बागमती प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी पक्राउ परेका छन् । हेटौंडाबाट उनी पक्राउ परेका हुन् । 

नेकपा मकवानपुरको सचिवसमेत रहेका प्रचण्ड-माधव पक्षका सांसद पुलामीलाई प्रहरीले करिब १० मिनेट नियन्त्रणमा लिएर रिहा गरेको छ । 

आज प्रचण्ड-माधव पक्षको नेकपाले देशव्यापी आमहडताल गरेको छ । त्यसक्रममा देशभरबाट उक्त समूहका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम जारी रहेको छ । 

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलका अनुसार बन्द गराउने क्रममा प्रहरीले पुलामीलाई नियन्त्रणमा लिएर १० मिनेट जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको हो । हाल उनलाई छाडिएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार ८:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया