आम हडतालका कारण वीरेन्द्रनगर बजार ठप्प
बन्द गराउन वीरेन्द्रनगरको सडकमा निस्किएका नेकपाका कार्यकर्ताहरु । फोटोः वसन्त भण्डारी

नेकपाको प्रचण्ड-माधव पक्षले गरेको आम हडतालका कारण सुर्खेतको वीरेन्द्रनगर बजार ठप्प भएको छ । बजार बन्द गराउनका लागि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखि सडकमा उत्रिएका छन् ।  

चोक चोकमा बसेका नेकपा कार्यकर्ताहरुले सडकमा कुनै सवारी चल्न दिएका छैनन । बजारका पसलहरु पूरै बन्द छन् ।  वीरेन्द्रनगर बजार क्षेत्रको मंगलगढी चोक, वीरेन्द्रचोक, ऐरिचोक जस्ता ठाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु भेला भइ प्रदर्शन गरिरहेका छन्।

 





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १०:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया