बन्दका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : उपप्रधानमन्त्री पोखरेल

नेकपा ओली पक्षका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबारको आम हडतालका क्रममा दाहाल–नेपाल समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । 

शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि भएको जनसभामा सम्बोधन गर्ने क्रममा बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सभामा उनले केपी ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक रहेको ठोकुवासमेत गरे । सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने भन्दै उनले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका थिए ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १४:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया