सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।
२०७५ माघ २५ गते अधिकतम २ वर्षसम्मका लागि थपिएको आयोगको म्याद आइतबार सकिँदै छ । अध्यादेशसँगै आयोगको म्याद २०७८ असार मसान्तसम्म पुगेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । अध्यादेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।