कोभिड प्रभावितलाई बाइडेनको १.९ ट्रिलियन डलरको राहत प्याकेज
फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको १.९ ट्रिलियन डलरको कोभिड राहत प्याकेजलाई उनको डेमोक्रेटिक पार्टी र गठबन्धनले स्वीकृति दिएको छ । 

बाइडेनले प्रस्तुत गरेको राहत प्याकेजलाई कंग्रेसमा रहेका उनका पार्टीका सदस्य र गठबन्धनका सदस्यले स्वीकृति दिएका हुन् । बाइडेनलाई विधायकहरुले पूर्ण साथ दिएका हुन् । 

बाइडेनको बजेट योजनालाई विधायकहरुले स्वीकृति दिएसँगै अब आगामी दिनमा रिपब्लिकनको सहमति नभएपनि कार्यान्वयनको दिशामा जाने भएको छ । 

सिनेटले पूर्वस्वीकृति दिएसँगै अमेरिकाको तल्लो सदनले बाइडेनको राहत प्याकेजलाई पारित गरेको छ । सदनले २१९–२०९ मतले राहत प्याकेज पारित गरेको हो । जसमा उपराष्ट्रपति कमला ह्यारिसले पहिलोपटक टाई–ब्रेकिङ भोट हालिन् । 

सदनकी स्पिकर नान्सी पेलोसीले आगामी मार्च १५ अगावै उक्त राहत प्याकेज पास हुने बताइन् । राहत प्याकेजमा कोभिड कालमा बेरोजगार भएका व्यक्तिलाई विशेष सम्बोधन गर्ने तयारी रहेको छ । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार ११:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया