सैन्य तानाशाहको विरोध गर्दै म्यानमारमा सुकीको पक्षमा हजारौँको प्रदर्शन

म्यानमारमा सैन्य कू को विरोध गर्दै नेतृ आङ सान सुकीको समर्थनमा हजारौँले प्रदर्शन गरेका छन् । शनिबार यान्गोन सहरका गल्लीहरुमा हजारौँको संख्यामा उपस्थित भएका बर्मेली जनताले नेतृ सुकीको रिहाइ र लोकतन्त्रको पुनःस्थापनाका लागि प्रदर्शन गरेका छन् । 

गत सोमबार त्यहाँको सेनाले राष्ट्रपति विन मिन्ट र नेतृ सुकीसहितका सत्तारुढ दलका नेताहरुलाई पक्राउ गरी सैन्य शासन लागु गरेको थियो । सेनाले १ वर्षको सङ्कटकालसमेत घोषणा गरेको थियो । 

सेनाको उक्त कदमको विरोधमा जनता शनिबार सडकमा उत्रिएका हुन् । उनीहरुले सैन्य तानाशाह पराजय–पराजय, लोकतन्त्र विजय–विजय भन्दै नारासमेत लगाएका छन् । 

सैन्य कू पछि म्यानमारका जनताले पहिलो पटक सडकमा आएर सेनाको विरोधमा र नेतृ सुकी र लोकतन्त्रको पक्षमा प्रदर्शन गरेको रोयटर्सले लेखेको छ । प्रदर्शनकारीले सेनाको गिरफ्तारीमा परेकी नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुकीलाई रिहा गर्न माग गरेका छन् । 



सैन्य तानाशाहको विरुद्धमा लेखिएको ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले सुकी नेतृत्वको नेसनल लिग फर डेकोक्रेसीको झण्डा र सोही रंगको रातो पोसाक लगाएर प्रदर्शन गरेका छन् । 



  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १२:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया