राजावादी सडकमा : भ्रष्ट सरकार होइन, अब श्री ५ सरकार

राजसंस्थाको पक्षमा सुर्खेतको वीरेन्द्रनगरमा जुलुस निकालिएको छ । बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होइन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका हुन । 
वीरगोर्खाली नामक संस्थाले आयोजना गरेको जुलुसमा राजा आउ देश बचाउ, नारायणहिटी खाली गर हाम्रो राजा आउँदैछ, भ्रष्ट्र सरकार मुर्दावाद, टोल टोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ जस्ता नारा लगाएका थिए । 

वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो । 

यसअघि पनि राजावादीहरुले वीरेन्द्रनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै वृहत प्रर्दशन गरेका थिए । 
 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १४:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया