प्रचण्डको स्पष्टीकरण : अहिले हामी प्रधानमन्त्री हुनलाई लडेकै होइनौँ
पत्रकारहरुलाई कित्ता 'क्लियर' गर्न अपिल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदका लागि आन्दोलन नगरेको बताएका छन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लडेर ल्याएका परिवर्तन र संविधानमाथि नै प्रहार गरेकोले त्यो जोगाउन आन्दोलन गरेको स्पष्ट पारेका छन्। शनिबार मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन्। 

‘हामी प्रधानमन्त्रीको लागि लडिएको होइन। तपाईंहरूलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ', उनले भने, 'संविधान बचाउने र परिवर्तन जोगाउने चिन्ता हो। हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोधमा छौं।’

सरकारलाई काम गर्न दिइएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आरोपमा सत्यता नरहेको पनि उनले जिकिर गरे। 'कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौं ? कुन कुरामा बाधा पुर्‍यायौँ? उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने त हुन सक्दैन', उनले भने, 'गणतन्त्रप्रति उहाँको मन थिएन। संघीयता पनि उहाँलाई मन परेको थिएन। न सचिवालय, न स्थायी कमिटी, न केन्द्रीय कमिटी, न संसद कतै उहाँको बहुमत छैन। लोकतन्त्र भनेको बहुमत हो। अल्पमत प्रतिपक्ष हो। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ।'

उनले अहिलेको लडाइँ सत्य र असत्यको रहेको जिकिर गरे। 'यो एलायन्सका सबै अधिकारीसँग मेरो विनम्र अनुरोध छ, अहिलेको संघर्ष भनेको सत्य र असत्यको संघर्ष हो, कित्ता क्लियर गर्नै पर्यो', उनले थपे, 'मिडिया विधेयकको हामीले विरोध गर्यौं। तपाईँहरुले पनि विरोध गर्नुभयो। गुठी विधेयक ल्याउँदा पनि सल्लाह भएन। नेवार समुदायका सबै संस्था पार्टी र सरकारविरुद्ध उत्रिए। यो त जगजाहेर नै छ नि!’





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २१:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया