'प्रचण्डको भर्‍याङ चढेर प्रधामन्त्री बनेपछि ओलीले प्रचण्डलाई नै पुक्क लात्ती हानेर ढालिदिए'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन्। 

आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन्।  

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिवद्धता समेत कमजोर भएको बताउँदै उनले मार्क्‍सवादलाई अवसरवादका रुपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको आरोप लगाए।

अध्यक्ष नेपालले आफूहरुको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएकाले यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने दाबी गरे। 'संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउँछौँ', उनले भने, 'हामीले कुर्सीको हानथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेका छौँ। हाम्रो बाटो पनि सही नै छ।'

नेपालले प्रधानमन्त्री ओलीमा अहंकार बढ्दै गएको आरोप फेरि एक पटक लगाए। 'ओलीमा अहंकार बढ्दै गयो अनि कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा मर्दै गयो। मार्क्‍सवादलाई अवसरका रुपमा उपयोग गरे', उनले भने, 'कम्युनिष्ट पार्टी र नेताहरुको भर्‍याङ चढ्दै गए। हुँदा-हुँदा हाम्रा अध्यक्ष कमरेड पुष्पकमल दाहालको भर्‍याङ चढेर प्रधानमन्त्री भइसकेपछि पुक्क लात्तीले हानेर ढालिदिए। ओलीले मेरो कुर्सी ताक्छौ ? लौ मैले देखाइदिएँ कुर्सी नै भाँचे भन्छन्। यो ओलीको चर्चित भनाइ पनि हो।'

भिडियो





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार २०:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया