ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले प्रधानमन्त्री केपी ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको आरोप लगाएका छन् । 

माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनबारे आयोजित फेसबुक संवादमा बोल्दै पन्तले यस्तो बताएका हुन् । सो दिनको जनप्रदर्शनमा आफूहरुले कार्यकर्तालाई मासुभात खुवाउन नल्याउने उनले बताए । 

आफूहरुले मार्क्सवाद मान्नेहरुलाई मात्रै ल्याउने दाबी गर्दै उनले भने, ‘ओलीजीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको छ । हामी मार्क्सवाद चलाउँछौँ, विचारको राजनीति, सिद्धान्तको राजनीति, कार्यक्रमको राजनीतिलाई अगाडि बढाउन चाहन्छौं ।’

आफूहरुले कसैलाई धम्क्याउनका लागि जनप्रदर्शन नगरेको बरु लोकतन्त्र, गणतन्त्र र संविधान बचाउन गरेको पनि उनले बताए । पन्तले भने, ‘प्रतिबद्धताको आन्दोलन हो । हाम्रो प्रदर्शन कसैलाई धम्क्याउन होइन ।’

अब बन्द हड्तालको आन्दोलन नहुने,  तर लाखौँ मानिस सडकमा आएपछि आफैँ हड्ताल हुने पन्तले दाबी गरे । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १७:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया