मन्त्री र आफ्नो समूहका नेताहरू लिएर निर्वाचन आयोग पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। मंगलबार मध्यान्ह पौने १२ बजे ओली कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी बारे बुझ्नका लागि ओली निर्वाचन आयोग पुगेका हुन् । उनको साथमा  साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङ छन्  । साथै कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि ओलीको साथमा निर्वाचन आयोगमा पुगेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्नका लागि भन्दै विभिन्न निर्णयहरु गरेको थियो।

बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गर्ने र  बैशाख २७ गते प्रदेश १, बागमती र कर्णाली प्रदेशमा निर्वाचन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ।





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १२:१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया