'भागिरथी हत्या प्रकरण निर्मलाको जस्तो जटिल छैन, अपराधी छिट्टै समातिन्छन्'

गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्यामा संलग्‍नलाई चाँडै पक्राउ गरिने बताएका छन्। नेपाल विद्यार्थी संघका नेताहरुको ज्ञापनपत्र मंगलबार बिहान बुझ्दै गृहमन्त्री बादलले भागिरथीका हत्यारालाई चाँडै पक्राउ गरिने दाबी गरेका हुन्। 

गृहमन्त्रीले भागिरथीको हत्या प्रकरण जटिल नभएकाले चाँडै अपराधी समक्ष पुगिने दाबी गरे उनले भागिरथीको हत्या निर्मला पन्तको जस्तो जटिल नभएको व्याख्या गर्द चाँडै हत्यारा पत्ता लगाउने प्रतिवद्धता पनि जनाएका छन्। 

'अपराधी पत्ता लगाउने कुरामा प्रयासरत छौं। अनुसन्धान टोली र विज्ञ टोलीलाई खटाएका छौं । साथै यस घटनाबाट चाँडै परिणाम निस्किने कुरामा आशावादी छौं,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भेट्न गएका नेविसंघ महामन्त्री दीपक भट्टराईले भने, ‘कतिपय घटनाको शतप्रतिशत परिणाम निकाल्न गाह्रो हुने रहेछ। यो केस निर्मला पन्तको जस्तो जटिल छैन। अनुसन्धान सुरु गरिसकेका छौं। छिट्टै अपराधी पक्रिन्छौ।’

विद्यार्थी नेताहरुले भेटमा भागिरथीको घटनामा सत्यतथ्य बाहिर नल्याए सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले विगतमा पनि सरकारको अर्कमण्यता र उदाशीनता अपराधी उम्किएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनीहरुले सरकारले अपराधी संरक्षण गरेकाले चेलिबेटी असुरक्षित बनेको पनि बताएका छन्। 
 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १२:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया