नेतृ समिना हुसेन ओली समूह छाडेर दाहाल-नेपालतिर

विघटित प्रतिनिधिसभा सदस्य समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छोडेर प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपामा लागेकी छिन् । रौतहटकी हुसेन यसअघि ओली समूहका कार्यक्रममा सहभागी थिइन् ।

हुसेनले मंगलबार अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेट गरेकी छिन्। नेताहरूसँगको भेटपछि हुसेनले आफू प्रगितमनविरुद्धको आन्दोलनमा सक्रिय हुने बताइन् । 

हुसेनले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओली गुटले विभिन्न भ्रम सृजना गरेर आफ्नो समूहको कार्यक्रममा सहभागी गराएको पनि उल्लेख गरेकी छिन् ।

'प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाए पछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ', उनले भनेकी छन्, 'केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्।’





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार २२:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया