काठमाडौं– अनुष्का शर्मा केही समय यता ठूलो पर्दाबाट बाहिर भएकी छिन् । उनी पछिल्लो पटक फिल्म जिरोमा साहरुखसँग काम गरेकी थिइन् । यो फिल्म आनन्द एल रायले निर्देशन गरेका थिए र यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । त्यसपछि अनुष्काले कुनै पनि फिल्ममा काम गरेकी छैनन् ।
यहीबीच उनले आफ्नो व्यक्तिगत जीवन र प्रोफेसनल लाइफबारे जवाफ दिन थालेकी छिन् ।
फिल्मबाट ब्रेक लिनुको कारणमा उनले आफू अटो मोडमा आएको र लामो समयको यात्राका कारण थकान लागेको बताएकी छिन् । ‘कुनै समय मैले दुई फिल्म एकैपटक सुटिङ पनि गरेकी थिएँ,’ उनले भनिन्, ‘अब अहिले म त्यस्तो सम्बन्ध बनाउन लागिरहेकी छु जसका कारण मैले जीवनलाई थप बलियो बनाउन सकूँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।