प्रदीप नेपालको प्रश्न : प्रतिगमन भनेको के हो साथी हो ?

तत्कालीन एमालेका नेता तथा नेकपाका विषयमा लगातार टिप्पणी गरिरहेका पुराना वामपन्थी नेता प्रदीप नेपालले प्रतिगमनको विषयमा प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमा उनले प्रतिगमनका विषयमा बुझ्न चाहेका छन् । उनले लेखेका छन्, 'अहिलेको प्रतिगमन भनेको के हो, साथी हो ?'

नेकपामा राजनीतिक विभाजनको सुरुवातको समयमा प्रचण्ड-माधव समूहमा रहेका नेता नेपालले अहिले आफ्नो विचारलाई जनताको बहुदलीय जनवादको पक्षमा मुखरित गरिरहेका छन् । 

केही समय अगाडि सामाजिक सञ्जालमार्फत जबज पक्षधरहरु एक हुनुपर्ने बयान दिएका नेपालले नेकपाको एकीकरण पूरा नभएको अवस्थामा अब भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुनुपर्ने मत राख्दै आएका छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १०:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया