'गुमनाम आमाहरुको कथा' लिएर आए बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको नयाँ किताब बजारमा आउने भएको छ । 

प्रकाशनको तयारीमा रहेको भट्टराईको नयाँ किताबको नाम ‘गुमनाम आमाहरुको कथा’ हो । किताब फागुन १ गतेदेखि बजारमा आउने बताइएको छ ।

किताबको कभर सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाँ किताब गुमनाम आमाहरुको कथा फागुन १ गतेदेखि उपलब्ध हुनेछ ।’ 

किताब फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो ।





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ११:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया