'कन्टेन्ट भायोलेसन' गरेको भन्दै चीनले लगायो बिबिसीको प्रसारणमा रोक

चीन सरकारले बेलायती च्यानल बिबिसी वर्ल्ड न्युजलाई प्रसारणमा रोक लगाएको छ । गम्भीर सामग्री उल्लंघनकाे आरोप लगाउँदै चीनले बिबिसीको प्रसारणमा रोक लगाएको हो । 

बिहीबार चीनको प्रसारण नियामकले 'सिरियस कन्टेन्ट भायोलेसन' भएको भन्दै बिबिसीलाई देशबाट बाहिर निकाल्ने घोषणा गरेको छ । यसअघि, बेलायतले चीनको सिजिटिएनलाई बेलायतमा प्रसारण गर्न रोक लगाएको थियो । 

नेशनल रेडियो र टेलिभिजन एडमिनिस्ट्रेशन (एनआरटिए) ले बिबिसी वर्ल्ड न्युजले रेडियो र टेलिभिजन व्यवस्थापन र विदेशी सेटेलाइट टेलिभिजन च्यानल व्यवस्थापन सम्बन्धमा आफ्नो चीन सम्बन्धी प्रतिवेदनमा नियमहरुको गम्भीर उल्लंघन गरेको पाएको जनाएको छ । 

प्रतिवेदनमा एनआरटिएले बिबिसीमा समाचार रिपोर्टिङ सत्य हुनुपर्दछ भन्ने आवश्यकताको विरूद्ध भएको र निष्पक्ष नभएको तथा चीनको राष्ट्रिय हित र जातीय एकतालाई कमजोर बनाएको आरोप लगाएको छ । 


बिबिसीले एक विदेशी च्यानलको रूपमा चीनमा प्रसारणको आवश्यकता पूरा गर्न असफल भएपछि चिनियाँ इलाकामा आफ्नो सेवा जारी राख्न अनुमति दिन नसकिने एनआरटिएले जनाएको छ । 

एनआरटीएले एक विज्ञप्तिमार्फत भनेको छ, 'नयाँ वर्षको लागि यस च्यानलको प्रसारण आवेदन स्वीकार गर्दैन ।'





  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार ८:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया