टाइगर कपको उपाधि पुलिसलाई

पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । उसले शनिबार पोखरा रंगशालामा भएको विभागीय डर्वीमा नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गरेको हो । 

पुलिसले पहिलो र दोस्रो सेट समान २५–२२ ले र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पर्दै उपाधि हात पार्‍यो  । 

विजेता बनेको पुलिसले १ लाख ५० हजार प्राप्त गर्दा, उप विजेतामा सीमित बनेको एपिएफले ७५ हजारमा चित्त बुझाएको छ । तेस्रो बनेको न्यु डाइमन्ड एकेडेमीले ३५ हजार प्राप्त गरेको छ । 

आज नै हुने पुरुष तर्फको फाइनलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १३:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया