देउवाविरुद्ध पौडेल समूहले बोलायो ७७ जिल्लाका सभापतिको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले ७७ जिल्लाका सभापतिको भेला बोलाएको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र प्रतिनिधिसभा विघटनबारे ठोस निर्णय दिन नसकेको ठहरसहित भेला बोलाइएको हो ।  

शनिबार महामन्त्री शशांक कोइराला निवासमा सम्पन्न पौडेल समूहको भेलाले फागुन ५ गते सबै जिल्ला सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको हो । 

यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरेको छ ।

नेपाली कांग्रेसको विधानअनुसार निर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ । तर, असामान्य परिस्थिति उत्पन्न भएमा थप एक वर्ष थप हुने विधानमा उल्लेख गरिएको छ । देउवाले उक्त १ वर्ष पनि प्रयोग गरिसकेका छन् । 

गत वर्ष नै हुनुपर्ने महाधिवेशन कोरोना महामारीका कारण फागुनको ७ गतेलाई तोकिएको थियो । सो समयमा अधिवेशन नहुने पक्का भए पनि नयाँ मितिबारे अन्योल कायम छ । 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार २०:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया