माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा ३ कर्मचारी पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका मेयरसँग मिलेर माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 

सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिनअघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार स्वयं हाजिर भएका छन् ।

नगरप्रमुख यादव किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि उपप्रमुख रीमा देवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरूले जिल्ला अदालत बारामा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख यादवले जानकारी दिइन् ।

उनले भनिन्, ‘नगरप्रमुखले नगरसभामा मनोमानी गरेपछि हामीले विरोध गर्‍यौं, विरोधपछि उनले कर्मचारीहरूसँग मिलेर किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरे । किर्ते हस्ताक्षर गरेर नगरसभा सम्पन्न भएपछि हामी अदालत समक्ष पुग्यौँ ।’

मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १९:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया