कांग्रेस प्रवक्ताका नजरमा यी हुन् ३ वर्षमा सरकारले देशलाई दिएका ३ उपहार
फाइल फोटो

नेकपाले देखाएका रंगिन सपनाहरूको उडान पाइलट बनेका प्रधानमन्त्री ओलीकै कारण दुर्घटनामा परेको नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्। सरकार गठन भएको तीन वर्ष पुगेको स्मरण गर्दै शर्माले आइतबार बिहान ट्विटरमार्फत प्रतिक्रिया दिएका हुन् । 

शर्माले नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार दम्भ, द्वन्द्व र भ्रस्टाचार रहेको आरोप प्रवक्ता शर्माले लगाएका छन् । 

‘आज फागुन ३ मा ३ वर्ष पुगेको सरकारको सार समिक्षा यति नै शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन’ शर्माले भनेका छन् ।  
 
नेकपालाई विश्वास गरी मत दिएका जनताको मनमा अहिले न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाई, भन्ने गीतको भाव गुञ्जिरहेको शर्माको भनाइ छ । 

‘न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाई, बिना अर्थ दिलमा सजाएँ तिमिलाई ३ वर्षअघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यही गीत छ’ शर्माले व्यंग्य गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार ८:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया