कार्यकर्तालाई कमल थापाले भने : अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्
फाइल तस्बिर

राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । हेटौंडामा सोमबार आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड  दिए ।

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधीनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।

कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत चर्चा गरे। कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १४:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया