नेकपा विवाद : शीर्ष नेता वाकयुद्धमा कार्यकर्ता भिडन्तमा

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भयो, प्रचण्ड–माधव नेकपा र ओली नेकपा । विभाजित यी दुई समूहका शीर्ष नेताहरु अहिले व्यक्तिगत आरोप–प्रत्यारोपमा मात्रै उत्रिएका छैनन्, पार्टीको आधिकारिकता, सम्पत्ति तथा चुनाव चिह्नका लागि संघर्षमा होमिएका छन् । 

पार्टीको यो संघर्षमा शीर्ष नेता वाक्युद्धमा छन् भने कार्यकर्ता झैझगडामै होमिएका छन् । यसको ज्वलन्त उदाहरण हो, मंगलबार बिहान काठमाडौंको रत्नराज्य क्याम्पस (आरआर) हाताभित्र भएको झगडा । प्रचण्ड–माधव र ओली समर्थकबीच बिहान झडपमात्र भएन, प्रचण्ड–माधव समूहका दुई जना घाइते पनि भए । 

सरस्वती पूजाको विषयमा भएको विवादमा अनेरास्ववियु आरआर क्याम्पस कमिटीका दिलीप खड्का र दीपक बस्नेत घाइते भएका छन् । 

‘हामीहरू तीनजना थियौँ, उनीहरु ५ जना । उनीहरुको हातमा पञ्च लगाएका थिए,’ घाइते भएका दिलीप खड्काले फरकधारलाई जानकारी दिए, ‘साथी दीपकको दाँत भाँच्चिने गरी उनीहरुले आक्रमण गरे ।

खड्काले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै आफूहरुले प्रहरीमा उजुरी दिएको बताए ।
 





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १९:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया