भागरथी हत्यामा गृहमन्त्रीले भने : प्रहरी अनुसन्धान सफल, अरु घटनाका पनि समातिन्छन्

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरी सफल भएको दाबी गरेका छन्। उनले निकै संवेदनशील रहेको उक्त घटनाको सफल अनुसन्धान गर्दै हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको बताएका हुन् ।

गृहमन्त्री थापाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई कानुनी कारवाहीको दायरामा ल्याएको भन्दै नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन्। उनले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको पनि बताए। 

उनले यस्ता घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।

भोलिपल्ट उनको शव माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। प्रहरीले भागरथीका हत्यारालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरिसकेको छ। जिल्ला अदालत बैतडीले भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
 





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १७:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया