७१औँ प्रजातन्त्र दिवसमा सुदूरपश्चिम सरकारको प्रभातफेरी

 

७१औँ प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रभात फेरी आयोजना गरिएको छ ।  प्रदेशको अस्थायी राजधानी धनगढीमा मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयदेखि आन्तरिक मामिला तथा कानून मन्त्रालयसम्म प्रभात फेरी निकालिएको हो। 

दिवसका अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा विशेष समारोहको समेत आयोजना गरिएको थियो। समारोहमा प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई नेपाली सेनाले सलामी अपर्ण गरेको थियो।

समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परिणाम आउन समय लाग्ने जानकारी दिए। 
उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए। 



मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी ओलीको कदमले प्रजातन्त्र खतराामा परेको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने बताए। प्रधानमन्त्तीले संविधानमाथि प्रहार गरी हजारौंको बलिदानीबाट आएको लोकतन्त्रमाथि प्रधानमन्त्रीले धावा बोलेको आरोप मुख्यमन्त्री भट्टले लगाए।



प्रनितिधिसभा पुनःस्थापनाका लागि सबै आन्दोलित हुन जरुरी रहेको उनले बताए । प्रजातन्त्र र लोकतन्त्र ल्याउन भएका शहीद भएकाको सम्मानका लागि पनि प्रतिनिधिसभा पुनःस्थापनाका लागि लड्नु जरुरी रहेको उनको भनाइ छ। 

समारोहमा प्रदेशका लोकप्रिय बाजागाजा, नृत्य समेत प्रस्तुत गरिएको थियो। यस्तै प्रदेश सरकारले प्रजातन्त्रकै दिवसको अवसर पारेर आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरु नाम दिइएको सो पुस्तकमा प्रदेश सरकारका सात वटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ। 

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार ११:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया