सडक आन्दोलनले अब केही हुँदैन, निर्वाचनमै जाऊँ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनितिक स्थायित्व र समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। केपी ओलीनिकट प्रेस संगठन नेपालको प्रदेश १ भेलालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै राईले यस्तो बताएका हुन्। 

उनले जनताको अभिमत अनुसार सरकारले लोकप्रिय काम गरिरहेका बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितले भाँजो हाल्ने काम गरेको तर्क गरे। 

'जनताले दिएको अभिमत अनुसार सबै सरकारले लोकप्रिय काम गरिरहेका थिए। समृद्ध नेपाल र सुख नेपाली अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ', उनले भने, 'तर कुर्सीका लागि प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने काम भयो। अपराधी करार गरेर आरोप लगाइयो, राजनीतिमा अस्थिरता ल्याउन खोजियो।' 

यही कारण ताजा जनादेशको लागि निर्वाचन आवश्यक रहेको दाबी पनि उनले गरे। 'अब सडकमा आन्दोलन गर्दैमा लोकतन्त्र बलियो हुँदैन। लोकतन्त्रका लागि जनताको जनादेश नै उत्तम विकल्प हो', उनले भने, 'यसबीचमा मुख्यमन्त्री हटाउने प्रयास भए। प्रदेशमा अस्थिरता ल्याउने काम भएको छ। यो प्रयास असफल हुनेछ।' 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १५:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया