मुख्यमन्त्री कप : महिला तर्फको उपाधि म्याग्दीलाई

पोखरामा सम्पन्न प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल  प्रतियोगिताको महिला तर्फको उपाधि म्याग्दीले हात पारेको छ ।

म्याग्दीले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा पर्वतमाथि सोझो सेटको जित हात पारेको हो । म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो आफ्नो पक्षमा पार्‍यो । 

प्रतियोगिताको विजेता बनेको म्याग्दीले २ लाख प्राप्त गर्दा उपविजेता बनेको  पर्वतले १ लाखमा चित्त बुझायो । तेस्रो बनेको तनहुँले ५० हजार पायो । 

कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ बाट सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो ।





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १३:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया