भान्जालाई अपहरण गर्ने मामा प्रहरी नियन्त्रणमा

धनुषाबाट भान्जाको अपहरण गर्ने मामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्दै आएका २० वर्षीय रामरतन भन्ने लक्ष्मेश्वरकुमार दास रहेको प्रहरीले जनाएको छ । 

धनुषाको नगइराइन नगरपालिका ६ मा बसोबास गर्ने रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई लक्ष्मेश्वरले शनिबार दिउँसो १ बजे मोटरसाइकलमा राखी लगेका थिए । 

प्रहरीले दिएको जानकारीअनुसार शनिबार साँझ ७ बजे बालककी आमालाई फोन गरी अपहरणकारी मामाले उनीसँग १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

बालकको अपहरण बारे उनका अभिभावकले प्रहरीलाई जानकारी दिनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विशेष टोलीले लक्ष्मेश्वरकुमार दासलाई राति साढे आठ बजे पक्राउ गर्न सफल भएको थियो ।

अपहरणमा परेका बालकलाई शनिबार राति साढे आठ बजे जनकपुरधाम–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको र घटनामा संलग्न रहेको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया